शुक्रवार उपत्यकामा २४ सय बढीमा कोरोना पुष्टि

  • ख-
  • ख+

शुक्रवार काठमाडौं उपत्यकामा २ हजार ४ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी तीन जिल्लामा २ हजार ४०२ जनामा कोरोना पुष्टि भएको हो।

आज देशभर थप २१ जनाको निधन भएको छ भने अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?