मातृभुमिका लागि नेपाली महिला संघद्धारा उपत्यकामा संगठन बिस्तार

  • ख-
  • ख+

काठमाण्डौ । मातृभुमिका लागि नेपाली राष्ट्रिय महिला संघले तिजको अवसर पारेर हिजो भाद्र १३ गते उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरमा आफ्नो संगठन बिस्तार गरेको छ । वरिष्ठ पत्रकार बबिता बस्नेत, मातृभूमिका लागि नेपालीका केन्द्रिय संयोजक देव प्रकाश त्रिपाठी, महिला विभाग प्रमुख मन्जिला शर्मा लगायत अन्य धेरै विभाग प्रमुख र केन्द्रिय सहकर्मी मित्रहरूको उपस्थितिमा राजधानीको नारायण गोपाल चोकमा अवस्थित अरिकल इभेन्टस ९ब्गचष्अभि भ्खभलतक० मा संगठन बिस्ताको कार्य सम्पन्न गरिएको थियो । जिल्ला कमिटी गठन पश्चात् मातृभूमिका लागि नेपाली केन्द्रिय संयोजक देवप्रकाश त्रिपाठी ले नेपालको राजनीतिलाई संस्कारयुक्त बनाउन महिलाहरुले सशक्त भूमिका खेल्न सक्ने र खेल्नु पर्ने भन्दै आजकी महिला देश निर्माण गर्न सक्षम छिन् भन्ने बिचार व्यक्त गर्नुभएको थियो भने मातृभूमिका लागि नेपाली केन्द्रिय महिला संघकी अध्यक्ष अंजु सुवेदीले सम्पूर्ण संघका मित्रहरू लाई धन्यवाद व्यक्त गर्दै तीनै जिल्लाका जिल्ला अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने सो समारोहको अन्त्यमा सहभागी महिला सहकर्मीहरुले तीजको नाच गान समेत गरेर रमाइलो गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?