तनहूँ समाज हङकङद्धरा पत्रकारद्धय खड्का र नहर्की सम्मानित

  • ख-
  • ख+

तनहूँ । । तनहूँ समाज हङकङले तनहूँका २ जना पत्रकारलाई सम्मान गरेको छ । ‘युवा पत्रकारिता पुरस्कार २०७८’ बाट पत्रकारद्वय नारायण खड्का र अमरराज नहर्कीलाई सम्मान गरेको हो । एक कार्यक्रमकाबिच पत्रकारद्धयलाई नगद रु ५ हजार, खादा र प्रमाणपत्रसहित सम्मानित गरिएको हो ।
व्यास नगरापलिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सो कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले सम्मानित पत्रकारहरुलाई शुभकामना तथा बधाई दिदै आँउदा दिनहरुमा अझ निखारिएर पत्रकारिता गर्न आग्रह गर्नुभएको थियो

कार्यक्रमको तनहूँ समाज हङकङका पुर्वअध्यक्ष भिमराज गुरुङ अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्ले, नेपाल पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्ज्वल पौडेल, महासंघ तनहूँका पुर्वअध्यक्ष डम्बर बहादुर अधिकारी र सम्मानित पत्रकार नारायण खड्काले बोल्नुभएको थियो ।

तनहूँ समाज हङकङको स्थापना दिवसको अवसरमा पत्रकार सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?