तनहूँका २ युवा शरण र ईश्वर वाईसिएलको केन्द्रिय सदस्य

  • ख-
  • ख+

काठमाण्डौ । काठमाण्डौमा सम्पन्न वाईसिएल नेपालको राष्ट्रिय सम्मेलनमा तनहूँका २ जना युवाहरु केन्द्रिय सदस्य चयन हुनुभएको छ । उक्त सम्मेलनमा शरण सापकोटा र ईश्वर बस्याल केन्द्रिय समितिमा चयन हुनुभएको हो ।
सापकोटा यसभन्दा अगाडि पनि केन्द्रिय सदस्य हुनुहुन्थ्यो भने बस्याल वाईसिएल तनहूँको अध्यक्ष हुनुहुन्छ । लामो समयसम्म वाईसिएलमा आवद्ध हुनुभएका उहाँहरु युवाहरु माँझ र पार्टी पंक्तिमा निकै पकड राख्ने युवाहरुमा परिचित हुनुहुन्छ ।
समाजमा रहेका विकृति विसंगति विरुद्ध लड्न र परिवर्तनलाई संस्थागत गर्नको लागि पनि वाईसिएलको पुर्नताजगी आवश्यक रहेकोले आफुहरु वाईसिएलमा आवद्ध भएको मनोनित पश्चात उहाँहरुको प्रतिक्रिया रहेको थियो ।
२०७४ सालको भदौको राष्ट्रिय अधिवेशनमा रामप्रसाद सापकोटा दिपशिखा अध्यक्षमा चयन भएपश्चात हाल उहाँले अध्यक्ष पद छोड्न खोज्दा अध्यक्षका ३ जना आकांक्षीहरु बिच सहमति हुन नसक्दा अध्यक्ष चयन गर्न सकिएको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष चयन गर्ने दिदा पनि सहमति जुटाउन सकिएको छैन राष्ट्रिय सम्मेलनबाट घोषणा गरिएको २३१ जनाको कमिटीको बैठकले अध्यक्ष चयन गर्ने सहमति भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?