व्यास १० को सभापतिमा मिश्र र पौडेलको भिडन्त: रामचन्द्र पौडेललाई धर्म संकट

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसको अधिवेशनको वातावरण बनिरहदा व्यास नगरपालिका वडा नं। १० मा पनि सभापति पदका आकांक्षीहरु खुल्न थाल्नुभएको छ । नेपाली कांग्रेस वडा नं. १० मा आफुले नेतृत्व गर्न पाउनुपर्ने आकांक्षीहरुको दावी रहेको छ । वडाको अधिवेशन मुखमै आउदै गर्दा अन्य आकांक्षीहरु थपिन सक्ने भए पनि हालसम्म व्यास १० डिहिगाउँ बस्ने र प्रेमराज मिश्र र उक्त स्थानमै बस्ने ईश्वर पौडेलले आफुलाई सभापतिको आकांक्षीको रुपमा अगाडि बढाउनुभएको छ ।

लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध भई वडा सचिव भई कार्यकाल सफलतापूर्व सम्पन्न गर्नुभएका प्रेमराज मिश्र आफुलाई सभापति पदको प्रत्यासी मान्नुहुन्छ भने एक कार्यकाल नेका व्यास नगर उपसभापति हुनुभएका ईश्वर पौडेल वडाको सभापति बन्न आफ्नो पनि चाहना रहेको जोडतोडले बताईरहनुभएको छ ।
”आफुले नेका वडा सचिवको रुपमा कार्यकाल सफलतापूर्वक निर्वाह गरेको स्थानिय निर्वाचन तथा अन्य निर्वाचन वडावासीलाई नेपाली कांग्रेसको समर्थनमा एकजुट बनाएको र विभिन्न संघसंस्थाहरुमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा पार्टीले आफुलाई प्राथमिकता दिनुपर्ने ” प्रेमराज मिश्रको भनाई छ भने ”युवाहरुको आवाजलाई बुलन्द गर्न पनि आफु वडामा सक्रिय हुन लागेको कुरालाई सबैले स्विर्कानुपर्ने ”ईश्वर पौडेलको भनाई रहेको छ ।

सभापति पदका आकांक्षीहरु दुवैजना नेपाली कांग्रेसका वरिष्ठ नेतारामचन्द्र पौडेलको गाउँ रिस्तिबाट बसाई सरि यस स्थानमा आएको र वडा सभापतिको दावी गरिरहदा रामचन्द्र पौडेललाई पनि गारो परिरहेको छ । दुवैजनाले पौडेलकै गाउँकै वासिन्दा भएको लिगेसीले राजनिति अगाडि बढाउन खोजेपछि कस्को पक्ष लिने रामचन्द्र पौडेल पक्षधरलाई अप्ठ्यारो परेको छ ।
दुईजना बिच सहमतिको प्रयास गरेपनि पटक पटकको वार्ता असफल भएपछि निर्वाचनमा नै जान सक्ने नेपाली कांग्रेसको दावी छ , ‘‘ठिकै छ निर्वाचनमा नै जानुपर्छ भन्ने त छैन तैपनि प्रजातान्त्रिक प्रक्रिया हो निर्वाचन भएपनि ठिकै छ ” सभापति पदका उमेदवार प्रेमराज मिश्रको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?