अरिंगालले टोकेर व्यास १० मा २ जना सख्त घाईते

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नं. १० को भिन्ना भिन्नै स्थानमा साँझको समयमा अरिगांलले टोकेर २ जना सख्त घाईते हुनुभएको छ । व्यास १० सेवरमा १३ बर्षिय युवतीको आफ्नो घर नजिक अरिगांलले टोकेर सख्त घाईते बनाएको छ । घर नजिकै बसिरहेको समयमा अरिगांलले टोकेर निजलाई घाईते बनाएको हो । त्यसैगरि केहि समयको अन्तरालपछि व्यास १० कै सेवर दरै गाउँ नजिकै ट्याक्टर चलाएर मास छरिरहेको समयमा ३५ बर्षिय ट्याक्टर चालकलाई अरिगांलले टोकेर घाईते बनाएको छ ।
निजहरुको दमौलीका अस्पतालहरुमा सामान्य उपचार पश्चात पोखरा लगिएको र निजहरुको हाल पोखराका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको पारिवारिक श्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?