विद्युतको पोलबाट खसेर युवकको मृत्यु

  • ख-
  • ख+

ओखलढुंगा जिल्लामा विद्युतको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसो सोलु करिडोर प्रशारण लाइनको विद्युतको पोलबाट खसेर सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका १९ वर्षीय निखिल फुयाँलको ज्यान गएको हो । जिल्लाको मान भञ्ज्याङ गाउँपालिका ७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रशारण लाइनको विद्युतको तार बिस्तार गर्ने क्रममा पोलबाट खसेर फुयाँलको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

ओखलढुंगा प्रहरी निरिक्षक लंक श्रेष्ठका अनुसार विद्युतको तार विस्तारका लागी उनी पोलमा चढेको र अचानक हातमा करेन्ट लागेपछि पोलबाट खसेर ढुंगामा परी उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनापछि प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको र घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?