पोखरामा अवैधानिकरुपमा सार्वजनिक जग्गा पुरेको आरोपमा खतिवडा पक्राउ

  • ख-
  • ख+

कास्की । पोखरामा पछिल्लो समय सटर बनाउँदै भाडामा लगाउने सटर व्यापारी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

फेवाताल किनारमा मापदण्ड विपरित जग्गा पुर्ने र पर्खाल लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनले सटर व्यापारकै लागि पोखरा १८ सेदीमा सीमसार पुरेर संरचना निर्माण गरिरहेका छन् । पटक पटक सचेत गराउँदा पनि पुर्ने क्रम नरोकिएपछि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

‘यसअघि पनि सचेत गराइएको हो । तर पुर्न छोड्नुभएन,’ प्रहरी प्रवक्ता सुवास हमालले भने, ‘बाध्य भएर पक्राउ गरिएको हो ।’

खतिवडाले सम्झाउने क्रममा प्रहरीमाथी अभद्र व्यवहार पनि गरेको हमाल बताउँछन् । उनलाई प्रहरीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि कास्की अदालतबाट म्याद थप गरिएको छ । (पोखरा न्युज)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?