रमेश पौडेल । काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा संशोधन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै १४ औं महाधिवेशनको कार्यतालिका संशोधन भएको जनाएको छ ।
विज्ञप्ति अनुसार वडा अधिवेशन गर्न बाँकी जिल्लाहरुमा असोज ५ गते, गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेश सभा क्षेत्रिय अधिवेशन असोज १२ गते, प्रदेश सभा क्षेत्रिय अधिवेशन असोज १२ र १५ गते हुने, प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ गते हुने र केन्द्रिय अधिवेशन यस अगाडि नै तोकिएको मिति मंसिर १०, ११, ११, १२ र १३ गते काठमाण्डौमा हुने जनाईएको छ ।









