सडक दुर्घटनामा दमौलीका गणेश अधिकारी गम्भिर घाईते

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १ अम्रेनीमा भएको सडक दुर्घटनामा व्यास २ का गणेश अधिकारी घाईते हुनुभएको छ । घाँसी कुवाबाट दमौली तर्फ आउदै गरेका अधिकारी सवार स्कुटर र विपरित दिशाबाट आईरहेको ग १ ख ५६८८ नम्बरको ट्रक एक आपसमा ठोकिएको थियो । दुर्घटना पश्चात अधिकारीलाई दमौलीको अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएको छ । अधिकारीको घुडामा गहिरो चोट लाग्नुका साथै टाउको र अनुहारमा पनि चोट लागेको छ । ट्रक चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?