राप्रपा तनहूँको अधिवेशन भदौ ३१ मा हुने नेतृत्व लिन धेरैको होडवाजी

  • ख-
  • ख+

तनहूँ । महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तनहूँका विभिन्न क्षेत्रका क्षेत्रिय प्रतिनिधिहरुको चयन गरेको छ । जसअनुसार प्रदेश निर्वाचन क्षेत्र १ क र ख का साथै निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्ष दुर्गाबहादुर गुरुङ चयन हुनुभएको छ । त्यसैगरि निर्वाचन क्षेत्र १ क प्रदेश अध्यक्षमा तिर्थराज पौडेल र निर्वाचन क्षेत्र १ को अध्यक्षमा दुर्गाबहादुर पन्थ चयन हुनुभएको छ ।

निर्वाचन संयोजक प्रेमबहादुर गुरुङ्गको अध्यक्षतामा बसेको बैठकमा राप्रपा उच्च स्तरीय कार्य सम्पादन समिति सदस्यहरु राजेन्द्रबहादुर अधिकारी, दुर्गा श्रेष्ठ र केन्द्रिय सदस्य गौमाया श्रेष्ठ, जिल्ला अध्यक्ष श्री बिनोद घर्ति र क्षेत्रीय अध्यक्षहरु, प्रदेश अध्यक्षहरु, नगरपालिका र गाउँ पालिकाका पार्टी अध्यक्षहरुको उपस्थितिमा आगामी भाद्र ३१२ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ । उक्त भेलामा प्रमुख अतिथिको रुपमा राप्रपाका बरिष्ठ नेता एबम पूर्ब मंत्री बिक्रम पाण्डेको सहभागिता रहने पनि जानकारी दिईएको छ ।
तनहूँ जिल्लामा विगतमा राप्रपालाई सद्भाव राख्ने मानिसहरुको राम्रो संख्या हुदाहुदै पार्टीले समेट्न नसकेको र आँउदा दिनमा बढि जागरुक भएर पार्टीलाई अगाडि बढाउन लागिएको राजेन्द्रबहादुर अधिकारीले बताउनुभएको छ ।

भदौ ३१ हुन लागेको जिल्ला अधिवेशनमा नेतृत्वको लागि वर्तमान अध्यक्ष बिनोदकुमार घर्ति, पूर्व अध्यक्ष कृष्ण पौडेल, उपाध्यक्षहरु सिता थापा र गिरिबहादुर परियार लगायतका व्यक्तिहरु आकांंक्षीहरु देखिनुभएको छ । धेरै पटक फुट्दै जुट्दै गरेको राप्रपामा धेरै आकांक्षीहरु देखिएपनि तनहूँको राप्रपा को नेतृत्व कमल थापा पक्षमा जाने लगभग निश्चत जस्तै रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?