प्रेस चौतारी तनहूँले जलायो आमसञ्चार विधेयक

  • ख-
  • ख+

तनहूँ । गण्डकी प्रदेश सभामा प्रस्तुत आमसञ्चार विधेयकको विरोध प्रेस चौतारी नेपालले आज एक कार्यक्रमको आयोजना गर्यो । व्यास नगरपालिका वडा नं.३ को अनसन चौतारीमा गरिएको कार्यक्रममा प्रेस चौतारी तहनहूँका अध्यक्ष नारायण खड्काको अभ्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाशचन्द्र भट्टराई, पत्रकार महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष सोनी शर्मा, पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्जवल पौडेल, प्रेस युनियन तनहूँका अध्यक्ष अमरराज नहर्की, प्रेस चौतारी तनहूँका उपाध्यक्ष राजकुमार श्रेष्ठ (बिबि), रिपोटर्स क्लब गण्डकीका संयोजक मदन वाग्ले लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा उपस्थित सबैले परिच्छेद १० को सजाय र पुनरावेदन सम्बन्धी प्रावधानमा रहेका बुँदा नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुल्य मान्यता र हाम्रो प्रचलित अभ्यास विरुद्ध भएको ठहर प्रस्तावित आमसञ्चार विधेयकको नमुना जलाएर विरोध गरिएको थियो प्रेस चौतारी तनहूँका सह सचिव मदन तिमल्सेनाले संचालन गरेको कार्यक्रम दमौलीको अनसन चौतारीमा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?