तनहूँ । नेपालमा विवादस्पद भएकोे अमेरिकी सहयोग कार्यक्रम MCC को विरोधमा तनहूँको सदरमुकाम दमौलीमा कार्यक्रम हुने भएको छ । राष्ट्रप्रेमी नेपाली युवा समुह, र क्लव संजाल व्यास तनहूँको आयोजनामा असोज १ गते शुक्रवार ४ बजे उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमको बारेमा आज एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ । सामाजिक अभियन्ता मित्र दुराले ”वर्तमान नेतृत्वको नालायकिपनाले देश झन् भड्खारोमा पर्दै गएको र तिनै नेताहरुलाई खेलाएर विदेशीले MCC पारित गरेर नेपाललाई युद्धभुमि बनाउन लागेकोले दमौलीका युवाहरु जागेर MCC विरोधमा जाग्नुपरेको बताउनुभएको थियो ”साथै उहाँले ”नेतागणहरुले MCC सम्झौता संसदबाट पस गरेर देशलाई नै गुलाम बनाउन लागेकोले सबै जाग्न र MCC को विरोधको लागि कार्यक्रम सहभागि हुन पनि आव्हान” गर्नुभएको थियो ।
उक्त पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाहरुमा आवद्ध सामाजिक अभियन्ताहरुको पनि उपस्थिति रहेको थियो ।








