तनहूँ । राप्रपा तनहूँको भदौ ३१ हुन लागेको जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि सफल हुन सकेको छै न नेतृत्वको लागि वर्तमान अध्यक्ष बिनोदकुमार घर्ति, पूर्व अध्यक्ष कृष्ण पौडेल, उपाध्यक्षहरु सिता थापा र गिरिबहादुर परियार लगायतका व्यक्तिहरु आकांंक्षी देखिएपनि अन्तमा आएर २ जना उमेदवार हुन लाग्नुभएको छ ।
भोलि बिहानसम्म सहमति हुन नसकेको खण्डमा वर्तमान अध्यक्ष बिनोदकुमार घर्ति र उपाध्यक्ष सिता थापा अध्यक्ष पदका उमेदवार हुनुहनेछ । दुवैजनाले आफु योग्य उमेदवारभएकोले आफुलाई मत दिएर पार्टी अध्यक्ष बनाउनुपर्ने बताउनुभएको छ । उक्त जिल्ला अधिवेशनलाई राप्रपाका बरिष्ठ नेता एबम पूर्ब मंत्री बिक्रम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।








