शुक्लागण्डकीमा राष्ट्रिय युबा संघ नेपालका केन्द्रीय सदस्यको गाडी तोडफोड

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युबा संघ नेपालका केन्द्रीय सदस्य इश्वर श्रेष्ठ रोकि राखेको गाडि तोडफोड भएकोमा राष्ट्रिय युबा संघ नेपालले घेर आपत्ति जनाएको छ । शुक्लागण्डकी नगरपालिका दुलेगौंडा श्रेष्ठको निवास को अगाडी रोकिराखेको गाडीमा रातको समयमा केही अज्ञात व्यक्तिहरुले तोडफोड गरेर क्षति पुर्याएका छन् । उक्त घटनाप्रति राष्ट्रिय युवा संघ नेपालको सचिवालय सदस्य एवम् तनहूँका संयोजक उज्वल खनाल, राष्ट्रिय युबा संघ नेपालका केन्द्रीय सदस्यद्धय माधब अधिकारी, मदन तिमल्सेना, राष्ट्रिय युबा संघ नेपाल व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठ, सहसंयोजक अजित पन्थले घोर आपत्ति जनाउदै कायरहरुले गाडी तोडफोड गर्ने काम गरेको र यस किसिमको निकै निन्दनीय घटना घटाएकोले दोषिमा कडा कारवाहि गर्न प्रशासनलाई आग्रह गर्नुभएको छ साथै उहाँहरुले टक पटक राष्ट्रिय युबा संघ नेपालका केन्द्रीय सदस्य इश्वर श्रेष्ठको गाडि तोडफोड गरिनुले नागरिक अधिकार र प्रशासनको खिल्ली उडाएको पनि बताउनुभएको छ । पटक पटक घटाईएको यस्ता निन्दनिय घटनाले ईश्वर श्रेष्ठलाई मात्र होइन सिङ्गो युबा संघ नै चुनौती थपिएको र प्रशासनले यसलाइ गम्भीर रुपमा लिई दोषी पत्ता लगाई कार्बाही गर्नुपर्ने उहाँहरुको भनाईरहेको छ ।
श्रेष्ठको निवास अगाडि रोकि राखिएको गाडि यसभन्दा अगाडि पनि तोडफोड भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?