MCC को विरोधमा उर्लियो दमौली जनसागर

  • ख-
  • ख+

तनहूँ । नेपाल र नेपाली माझ यतिबेला अत्याधिक चासो र विवाददित रहेको अमेरिकी परियोजना MCC को विरोधमा दमौलीमा एक विरोध कार्यक्रमको आयोजना गरियो । क्लब संजाल व्यासको आयोजनामा भएको कार्यक्रम स्वतस्फुर्त रुपमा जागेका सयौ युवाहरुले युवाहरुले मोटर साईकल तथा पैदल दमौली बजार परिक्रमा गर्दै MCC चाहिदैन, देश बेच्न पाईदैन भन्ने नारा लगाउनुभएको थियो । दमौली बजार परिक्रमा पश्चात उत्तः र्यालीले जिल्ला प्रशासन चोकमा कोणसभा राखि उक्त कार्यक्रमका अभियन्ता मित्र दुराले आफ्नो भनाई राख्नुभएको थियो । उक्त अवसरमा दुराले बहुदल आएपश्चात पनि सबै पार्टीका नेताहरु असफल भईराख्दा पनि जनता चुप लागेकोमा अब राष्टघाति राष्ट्रप्रेमी नेपाली युवा समुह, र क्लव संजाल व्याससम्झौता गर्न लाग्दा चुप नलाग्ने बताउनुभएको थियो । कोणसभा पश्चात उक्त र्र्याली प्रधानमन्त्री शेरबहादुर देउवाको नामको ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय तनहूँमा पुगेको थियो । राष्ट्रप्रेमी नेपाली युवा समुह व्यासका संयोजक रामकृष्ण क्षेत्री, अभियन्ता मित्र दुरा, राजेश मल्ल लगायतका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले सम्बन्धित कार्यालयमा उक्त ज्ञापनपत्र बmुझाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सयौको संख्यामा युवाहरु MCC को विरोधमा उत्रदा बजारवासीले पनि यसबारेमा बढि नै जिज्ञासा राखेको रनेताहरुले गर्न लागेको राष्टघाति MCC सम्झौताको विरोधमा सयौ मानिसहरु उत्रदा खुशी लागेको राष्ट्रप्रेमी नेपाली युवा समुहका संयोजक रामकृष्ण क्षेत्रीले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?