देवघाटकाे वृक्षारोपणमा डिभिजन वन कार्यालय तनहूँको प्रत्यक्ष संलग्नता नरहेको कार्यालय प्रमूख काफ्लेको भनाइ

  • ख-
  • ख+

तनहूँ । तनहुँकाे देवघाट गाउँपालिका वडा नंं ५ स्थित दुवै सडक किनारमा रु १० लाख खर्च गरि गरिएको वृक्षारोपणको बारेमा प्रश्न उठेपछि डिभिजन वन कार्यालय तनहूँबाट उक्त बिषयमा छानविन तथा अनुगमनको लागि कर्मचारी खटाइएको छ ।

उक्त वृक्षारोपण देवघाट गाउँपालिकाको सिफारिस र गाउँपालिकाको प्राविधिककाे लागत ईष्टमेटमा गरिएको हुनाले वन डिभिजन कार्यालयः तनहुँको कुनै प्रत्यक्ष संलग्नता नरहेको बताइएको छ ।

गाउँपालिकाको सिफारिस र सव डिभिजन वन कार्यालय देवघाटको स्विकृति पश्चात कार्यालयबाट रकम निकासा गरिएकोले त्यसको जवाफदेहि स्थानीय निकाय हुनुपर्ने डिभिजन वन कार्यालय तनहूँका प्रमूख कोमल राज काफ्लेले बताउनुभएको छ ।

१० लाख रुपैयाको लागतमा उक्त स्थानमा सडकको दुवै छेउमा ४८५ विरुवा रोपिएको र ती विरुवाहरुको संरक्षणको लागि ट्रि गार्ड समेत राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?