तनहूँ । निर्माण मजदुरहरुको हितको लागि खुलेको संस्था निर्माण स्वरोजगार समिति तनहूँले आफ्ना सदस्यको मृत्युभएकोले उक्त मजदुरको परिवारलाई आर्थिक सहयोग गरेको छ । समितिले निर्माण क्षेत्रमा लामो समयदेखि कार्यरत ५१ बर्षिय मृतक विजय नेपाली उर्फ खड्गबहादुर सार्कीको परिवारलाई १ लाख रुपैया सहयोग हस्तान्तरण गरेको हो । व्यास नगरपालिका वडा नं. ४ सिमलटारमा रहेको समितिको कार्यक्रममा मृतक सार्कीकी श्रीमती लक्ष्मी सार्की र छोरी सिमा सार्कीलाई समितिका अध्यक्ष टिकानिधि पौडेल, कोषाध्यक्ष सागर थापामगर र सचिव सोमबहादुर आलेमगरले सम्युक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । उहाँहरुले ‘‘सार्की निकै मेहनती भएको र ५१ बर्षको उमेरमा नै स्वार्गारोहण भएकोमा समितिको तर्फबाट परिवारको लागि केहि सहज होस् भनेर आर्थिक सहयोग गरिएको ” बताउनुभएको थियो । मृतक सार्कीकी छोरी सिमाले ”स्वरोजगार समितिले बुबाको मृत्यु पश्चात पनि आर्थिक सहयोग गरेर अभिभावकको भुमिका निभाएकोमा निकै खुशी लागेको” बताउनुभएको थियो । कार्यक्रममा संस्थाका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

















