व्यासमा राष्ट्रिय युवा संघ नेपालको बृहत कार्यकर्ता भेला

  • ख-
  • ख+

तनहूँ ।राष्ट्रिय युवा संघ नेपाल व्यास नगरको आयोजनामा आज तनहूँको दमौलीमा बृहत युवा भेलाको आयोजना हुदैछ । उक्त भेलालाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तनहूँ उद्योग बाणिज्य संघको हलमा ११ः ३० बाट शुरु हुने कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अन्य प्रतिनिधिहरुको सहभागिता रहने राष्ट्रिय युवा संघ नेपाल व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठले बताउनुभएको छ । उक्त कार्यक्रमले व्यास नगरका युवाहरुलाई बिशेष उर्जा दिने राष्ट्रिय युवा संघ नेपाल व्यासका उपसंयोजक अजित पन्थले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?