नेकपा एमाले घिरिङको बृहत् कार्यकर्ता भेला सप्पन्न

  • ख-
  • ख+

आर.के.पोख्रेल । तनहूँ । नेपाल कम्युनिस्ट पार्टी एमाले घिरिङ गाउँ कमिटीको बृहत भेला घिरिङ गाउँ पालिका वडा नम्बर ३ स्थित पोखरीछापमा सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष इन्द्र थापाको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले केन्द्रिय कमिटी सदस्य एक बहादुर रानाले जनता र जनजिविकाको पक्षमा लाग्ने नेपालमा एमाले बाहेक अरु कुनै पार्टी नभएको बताउनुभयो । सरकार चलाउन देउवा पुर्णत असफल भैसकेको दाबी गर्नुभयो । कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष तथा संघिय संसद माननीय केदार सिग्देलले के पि ओलि प्रधानमन्त्री हुँदा संबिधान जलाउने तथा बन्दुक उठाउने सि।के रावत नेत्र बिक्रम चन्द बिप्लपहरुलाई समेत शान्ति प्रक्रियामा ल्याउने र संबिधानको स्विकार्यता गर्ने काम गरेको बताउनुभयो कार्यक्रममा पार्टी उपसचिव बिस्णुभक्त सिग्देलले एमाले ब्यक्तीको पार्टी नभई श्रमजिबि जनताको पार्टी भएको हुँदा ब्यक्तिको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रमममा जिल्ला सचिबालय सदस्य होम थापाले घिरिङमा पार्टी संगठन बलियो भएको र सबै एमालेमा रहेको बताउनुभयो । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिबालय सदस्य आर।के ।पोख्रेलले लाखौं विद्यार्थीहरु युवाहरु फुटको पक्षमा नभएको बताउदै घिरिङ हिजो आज र भोलि लाल किल्ला थियो र लाल किल्ला रहने नै दाबी गर्नुभयो ।
जिल्ला कमिटी सदस्य तथा गाउँपालिका अध्यक्ष रन बहादुर राना को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब भुवन सिह बि. क. ले गर्नुभएको थियो ।
कार्यक्रममा गाउँकमिटी सदस्यद्वय रेसम श्रेष्ठ र सुमन कुमार श्रेष्ठले जनबादी गित प्रस्तुत गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?