युवाले जनताले मन छुने खालको काम गर्नु पर्छ: पौडेल

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपाल का अध्यक्ष किरण पौडेलले युबा संघ नेपालले अब जनताको मन छुने खालको काम गर्नु पर्ने बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपाल ब्यास नगर कमिटीले आयोजना मा गरिएको युवा भेलालाई दमौलीमा सम्बोधन गर्दै नेकपा एमालेको सरकारले गरेका कामहरुलाइ जनताको घर घरमा पुर्याउनु पर्ने जनताले सम्झने खाल को बाताबरण युबाले बनाउनु पर्ने बताउनु भयो खाडीमा पुगेका युवालाई स्वदेश फर्काउन सकियो भने मात्र देशको बिकास गर्न सकिने बताउदै १५ लाख मत आगामी चुनावमा युवा संघले पार्टीलाई उपहार दिने बताउनु भयो । झरेका पातहरु ओइलिदै जाने र नयाँ पालुवा फकृदै जाने भन्दै झरेका पातको एमालेले चिन्ता नगर्ने बताउनु भयो । कार्यक्रममा बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले जिल्ला सचिब एबम राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, प्रदेश सभा सदस्य राम बहादुर गुरुङ , युबा संघ नेपाल उपाध्यक्ष एबम प्रदेश इन्चार्ज सन्तोष रावल उपमहासचिब रामजी सापकोटा सचिब एबम गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ, युवा संघ नेपाल तनहूँ संयोजक उज्ज्वल खनाल लगाएतका अतिथिहरुले आगामी दिनमा पार्टीलाई पहिलो बनाउने जिमजिम्मा युवाहरुको काधमा आएको बताउनुभयो । भेलाले कृष्ण कुमार श्रेष्ठ अध्यक्षता मा ६५ सदस्यीय नगर कमिटी गठन गरेको छ नब गठित कमिटीलाई युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एबम प्रदेश इन्चार्ज सन्तोष रावलले सपथ ग्रहण गराउनु भएको थियो नगर संयोजक कृष्ण कुमार श्रेष्ठको । अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सदस्य मदन तिमल्सिनाले र धन्यवाद मन्तव्य नगर सह संयोजक अजित पन्थ गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्