तनहूँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको बन्दिपुर १ स्थित डुम्रे टोल कमिटि र पिप्ले खेल मैदान टोल कमिटि गठन गरिएको छ।
नेकपा एमाले बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको प्रमूख आतित्थ्यता तथा नेकपा एमाले वडा नम्बर १ का अध्यक्ष शिब कुमार श्रेष्ठ अध्यक्षतामा भेलाले उक्त टोल कमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।
यसैगरी उक्त भेलाले हाल सुमन पिया ईन्चार्ज अध्यक्ष राजेन्द्र श्रेष्ठ र सचिव हिमाल कार्की सचिव तथा सदस्यहरु बुद्धि घिमिरे, रमेश सुनार केदार गहतराज, हेमलाल श्रेष्ठ, रमेश सुनार, विशाल सुनार, शम्भु सुनार (दया), सोनु गुरुङ्ग, आशिष गौतम, सुरेश सुनार, प्रेम श्रेष्ठ, सुमन सुनार, कविना घले, राजकुमार जोशी र वैकुण्ठ श्रेष्ठ रहनेगरी १९ सदस्यीय डुम्रे टोल कमिटी र इन्चार्ज शंकर आचार्य, अध्यक्ष उदय बहादुर खड्का र सचिब बिकास वि. क.र सदस्यहरु दान बहादुर थापा, दुर्गा देवी थापा, बिन्दु लामिछाने, रत्न बहादुर बानियाँ, विनोद जिसी (घर्ती), प्रविन शाही, श्री बहादुर चुमी,सानुमाया परियार, कोपिला थापा, धन बहादुर थापा, धन माया दुरा, राजु नेपाली र शैलेन्द्र लोहनी रहनेगरी १७ सदस्यिय पिप्ले खेल मैदान टोल कमिटि गठन गरेको छ। अन्य थप सदस्यहरु थप गरी २९ सदस्यिय बनाइने छ।
कार्यक्रममा निर्वाचित सम्पूर्णलाई प्रमुख अतिथिबाट खादा र टिका लगाइ बढाई तथा शुभकामना सहित पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो। विशेष अतिथि क्षेत्र नं १ का सचिव गोविन्द अधिकारीले शुभकामना सहित टोल कमिटीको माइनेट हस्तान्तरण गरेका थिए। कार्यक्रम संचालन वडा सचिब विजय रानाले गरेका थिए। (रेडियो छिम्केश्वोरी)








