तनहूँ । राप्रपा तनहूँको अध्यक्षमा विनोद घर्ती विजयी हुनुभएको छ । भाद्र ३१ गते जिल्ला अधिवेशन भएकोमा उक्त दिन सर्वसम्मत गर्ने प्रयास गर्दा असफल भएपश्चात शुक्रवार निर्वाचन भएको थियो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा विजयी घर्तिले १२७ मत प्राप्त गर्नुभएको थियो भने अध्यक्ष पदकी अर्की प्रत्यासी सिता थापाले ६९ मत प्राप्त गर्नुभएको थियो ।
विजयी पश्चात विनोद घर्ति सहितको समुहले दमौली बजार परिक्रममा गरि राजतन्त्र जिन्दावादको नारा लगाएको थियो । विजयी भएपश्चात प्रतिक्रिया दिदै अध्यक्ष घर्तिले ”राप्रपाले हिन्दु राज्य कायम गरिनुपर्ने र राजसंस्थाको माग राखेको र गणतन्त्रका नेताहरु को व्यवहारबाट वाक्क दिक्क भएका जनताले अब राप्रपालाई साथ दिने ” बताउनुभएको थियो ।








