अनन्त सहकारीको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा पुनः अर्जुन गुरुङ चयन

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नम्बर १० डिहिगाउँमा अवस्थित अनन्त बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ । उक्त अधिवेशनबाट सर्बसम्मत रुपमा अर्जुन गुरुङ चयन हुनुभएको छ । अधिवेशनबाट अध्यक्ष गुरुगंको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा परशुराम तिमल्सेना, सचिवमा बाबुराम मिश्र , कोषाध्यक्ष मदन तिमल्सेना, सदस्यहरुमा ईश्वर पौडेल ,रामचन्द्र कोइराला, रिता पौडेल, पूर्णचन्द्र अधिकारी, लालकुमारी गुरुङ्ग, हरी बहादुर ढकाल र चिजा माया अधिकारी रहनुभएको छ। उक्त अधिवेशनबाट लेखा समितिको संयोजकमा रघु तिमल्सेना सदस्यहरुमा हरिहर घिमिरे र गोपाल अधिकारी सर्वसम्मत निर्वाचित निर्वाचित हुनु भएको छ ।

सहकारीका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षता तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवरको प्रमुख आथित्यतामा सञ्चालित उक्त कार्यक्रममा संस्थाको हालसम्म कुल शेयर पुँजी जम्मा १ करोड ३१ लाख ८१ हजार १ हजार ,मासिक बचत १७ लाख५७ हजार ३ सय ४०, एेच्छिक बचत ५९ लाख ६९ हजार ८ सय ११ ,बाल वचत ८६ लाख ३६ हजार ८ सय ३३, दैनिक वचत १ लाख ७९ हजार ५ सय ८२, रुपैया संकलन गरी रू ३ करोड २५ लाख ४३ हजार ५ सय ६६ रुपैया ऋण लगानी गरिएको व्यहोरा सहितको प्रतिवेदन कार्यक्रमका अध्यक्षले प्रस्तुत भएको थियो ।


सो अवसरमा सहकारी विकास बैंक दमौली शाखाका प्रमुख, संस्थाका उपाध्यक्ष रामजीप्रसाद तिमल्सेना , मादी गंगा महिला बचत तथा सहकारी संस्थाका अध्यक्ष शान्ता पौडेल, शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष होम वहादुर राना, डीहिकुना टोल विकास संस्थाका अध्यक्ष कालिका पौडेल, सर्व ज्योति क्लबका अध्यक्ष मदन तिमल्सेना, ऋण संयोजक ईश्वर पौडेल, लेखा संयोजक बाबुराम मिश्र, रानीपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम राज मिश्र, कोषाध्यक्ष निर्मला भण्डारी, संस्थापक अध्यक्ष हरिभक्त अधिकारी लगायतका वक्ताहरुले सहकारीले गरेका कार्यहरूको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम संस्थाका व्यवस्थापक लक्ष्मी अधिकारी पोखरेलले सञ्चालन गर्नु भएको थियो।

उक्त सहकारी संस्थामा ४ सय ७ जना शेयर सदस्यहरु रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?