नेपाल उत्पीडित जातिय मुक्ति समाज घिरिङ्गको अध्यक्षमा अन्जन परियार चयन

  • ख-
  • ख+

तनहूँ । नेपाल उत्पीडित जातिय मुक्ती समाज घिरिङ्गको प्रथम भेलाबाट अन्जान परियारको नेत्तृत्वमा समिति गठन भएको छ। उक्त भेलाले उपाध्यक्षमा नारायणी सुनार, सचिबमा दिल कुमार बि. क., सह सचिबमा सोमान सिं रामदाम र कोषाध्यक्षमा बिस्णु मायाँ नेपाली सहित ५१ जना सदस्यीय समिती गठन गरेको छ। नवनिर्वाचित अध्यक्ष परियारले आफूलाई अध्यक्ष पदको जिम्मेवारी दिनुहुने भेलाका सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्दै जातियताका कारण भएका घटनाहरुलाई आफ्नै नेत्तृत्वमा पिडितलाई न्याय दिलाउने पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

उत्पीडित जातिय मुक्ती समाज घिरिङ्गका इन्चार्ज एबम नेकपा एमाले घिरिङ्गका सदस्य गोपाल बि.क.को अक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य एबम नेकपा एमाले जिल्ला सदस्य बाबुराम सुनारले नेकपा एमालेको भातृ संगठनको एउटा शक्तिशाली अंग नेपाल उत्पीडित जातिय मुक्ती समाज भएकोले दलित समुदायबाट पनि हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने खुबी भएका ब्याक्तित्वहरुको कमी छैन, त्यसैले अब राजनितीक नेतृत्वमा दलित कोटा मात्र नभएर खुल्ला तर्फबाट पनि आउन सकिने बताउनुभएको थियो । दलित समुदाय उहाँले उक्त अवसरमा बताउनुभएको थियो ।
यस्तै उत्पीडित जातिय मुक्ती समाज तनहूँका अध्यक्ष सिताराम सुर्खालिले आफ्नो सीपलाई ब्यवसायिक बनाउदै शिक्षालाई अगाडि बढाएर नेत्तृत्वमा पुग्ने योग्यता भएका दलित समुदाय भित्र धेरै जन्मिएका छ्न अब जातिय विभेद भएमा प्रतिबाद गरेर कानुनी कार्वाहि गर्न सकिने बताउनुभएको थियो । नेकपा एमाले सर्बहारा , उत्पीडित ,गरिब बर्गको उत्थान गर्ने पार्टी भएकोले पार्टीबाट पनि यस्ता घटनामा तुरुन्तै सहयोग हुनुपर्ने पनि बताउनुभएको थियो ।
नेपाल उत्पीडित जातिय मुक्ती समाजका जिल्ला सचिब भुवन बि. क., नेकपा एमाले तनहूँ जिल्ला सचिवालय मनिषा बि.क., जिल्ला सदस्य रितु नेपाली र पुर्व जिएम बिस्णु ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?