राष्ट्रिय युवा संघ देवघाटको भेला सम्पन्न

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ देवघाट युवा गाउँ कमिटिको आयोजनामा देवघाटमा बृहद युवा भेला सम्पन्न भएको छ । उक्त भेलामा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल प्रमुख अतिथि रहनुभएको थियो । उक्त भेलामा अध्यक्ष पौडेलले नेकपा एमालेको पहिलो बिधान महाधिवेशनले पार्टीलाई निकै उर्जावान बनाएको बताए । अवको तिनवटै तहको निर्वाचनमा एमालेलाई बहुमतप्राप्त पार्टी बनाउने गरि महाधिवेशनले योजना बनाएको अध्यक्ष पौडेलले बताउनुभयो ।
परामादेशको सरकाले जनताको लागि काम गर्न त पर जावोस् मन्त्री मण्डल गठन गर्न पनि नसकोकोमा उहाँले देशको सम्पत्ति बाँडेर खानको लागि केपी ओलीको सरकारलाई हटाएको बताउनुभएको थियो । उक्त अवसरमा उहाँले महाकाली नदीमा भारतीय प्रहरीले तुईन काटि नागरिक बेपत्ता पार्दा नबोल्ने सरकारले देशको रक्षा गर्ने कुरामा कसैलाई विश्वास नभएको पनि बताउनुभएको थियो ।

राष्ट्रिय युवा संघ देवघाटका संयोजक शुकु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष एवं गण्डकी प्रदेशका इन्चार्ज सन्तोष रावल, संघका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङ, राष्ट्रिय युवा संघका गण्डकी प्रदेश सचिव विकास अधिकारी, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष उज्वल खनाल, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य मदन तिमल्सेना, नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने, राष्ट्रिय युवा संघ भानु नगर कमिटीका संयोजक विर बहादुर लामा (चिजे), राष्ट्रिय युवा संघकी जिल्ला सदस्य मुन्नी खातुन लगायतका महानुभावहरुको उपस्थिति रहेकोे थियो ।
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शान श्रेष्ठले संचालन गरेको कार्यक्रममा सयौको संख्यामा युवाहरुको सहभागिता रहेको कार्यक्रममा शुकु गुरुङको अध्यक्षतामा एक सय एक सदस्यिय राष्ट्रिय युवा संघको देवघाट गाउँ कमिटि गठन गरिएको छ ।
उत्तः अवसरमा नेपाली कांग्रेस तथा नेकपा माओवादी परित्याग गरि प्रवेश गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्