पोखरा । नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ उक्त निर्णय अनुसार यसअघि नै गण्डकी प्रदेशको अध्यक्षमा प्रकाश पौडेललाई जिम्मेवारी दिइएको थियो भने आजै मात्रै सर्कुलर जारी गर्दै आर. के. पोख्रेललाई गण्डकीको सचिब मनोनीत गरिएको प्रदेशका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
न्यून वर्गिय परिवारमा जन्मिनुभएका आर. के. पोख्रेल सानै उमेरदेखि नै बिद्यार्थी आन्दोलनमा कलम र तारा अंकित झण्डा बोकेर आन्दोलनमा होमिएका युवा राजनितिकर्मी हुनुहुन्छ । सानै उमेरदेखि विद्यार्थी हक अधिकारका निम्ति लड्नुभएका पोख्रेल अनेरास्ववियु तनहूँ जिल्ला सदस्य, सचिवालय सदस्य सचिव हुँदै अध्यक्ष समेत कुशलता पुर्वक निर्वाह गरिसक्नुभएको छ । त्यसका साथै पोख्रेल गण्डकी प्रदेश सरकारका पुर्व अर्थमन्त्री किरण गुरुङको प्रमुख स्वकिय रहेर समेत आफ्नो जिम्मेवारी कुशलता पुर्वक गरिसक्नुभएको छ ।
अनेरास्ववियुको केहि समय अगाडी मात्रै अनेरास्ववियुको केन्द्रिय सचिवालयको जिम्मेवारी प्राप्त गर्नुभएका पोख्रेललाई सचिवको जिम्मेवारी दिएपश्चात उहाँको अनुभव र योगदानले अनेरास्ववियु गण्डकी प्रदेशलाई मद्धत पुग्ने अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रकाश पौडेलले बताउनुभएको छ ।








