१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

  • ख-
  • ख+

पाल्पा। १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नं. ११ बस्ने २० वर्षीय प्रेम सुनार रहेका छन् ।
सोही नगरपालिका वडा नं. ४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्