तनहूँ । तनहूँको व्यास नगरपालिकाको आयोजनामा दमौलीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । कार्तिक ११ बाट १३ गते (३ दिन) सम्म संचालन हुने शिविरको आज व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्धघाटन गर्नुभएको छ ।शिविरको उद्घाटन गर्दै प्रमुख न्यौपानेले ” नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सेवा पुर्याउने मनसायले स्वस्थ्य शिविर अन्तर्गत आँखा शिविर संचालनमा ल्याएकोले सक्दो लाभ लिनुहुन सबैलाई आग्रह” गर्नुभएको थियो ।
”तिन दिनसम्म संचालन हुने आजबाट संचालन हुने आँखा शिविरमा कार्तिक ११ गते व्यास नगरपालिकाका ५ वटा वडा (वडा नं. १,२, ३, ४ र ५), जेठ १२ गते ५ वटा वडा ( वडा नं.६,७,८,९, र १० ) र १३ गते ४ वटा वडा ( वडा नंं ११, १२, १३ र १४) का नागरिकको आँखा जाँच गरिने” व्यास नगरपालिकाकी उप प्रमुख मिरा जोशीले बताउनुभएको छ ।

”नगरपालिकाले नागरिकहरुको स्वस्वस्थ अवस्थालाई मध्यनजर गर्दै अघिल्लो बर्ष पनि आँखा शिविर संचालन गरेको र यसबर्ष पनि आँखा शिविर संचालन गरेको” व्यास नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभएको छ साथै वहाँले ”यस शिविरमा आँखा जाँच गराउनुएका जेष्ठ नागरिकलाई जुनसुकै प्रकारको उपचार तथा अपरेशन गर्नुपर्ने भएपनि नगरपालिकाकै खर्चमा पोखराको हिमालयन आँखा अस्पतालमा लगेर उपचार गरिने” सिग्देलको भनाई छ ।

”व्यास नगरपालिका आयोजक र पोखराको हिमालयन आँखा अस्पतालमा सह आयोजक रहेको स्वस्थय शिविरमा अघिल्लो बर्षभन्दा बढि करिब १ हजार जना जेष्ठ नागरिकको आँखा जाँच तथा उपचार गरिने” हिमालयन आँखा अस्पतालका नेत्र सहायक धर्मेन्द्र कुमार घोडासनीले बताउनुभएको छ ।
नगरपालिकाले यसरी आँखा शिविर संचालन गरेर जेष्ठ नागरिकलाई सुविधा प्रदान गरेकोमा आँखा जाँच गराउन आउने जेष्ठ नागरिकले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।











