यौन काण्डमा फसाउन खोजेको भन्दै पत्रकारद्वारा आत्महत्या

  • ख-
  • ख+

पत्रकार तथा सामाजिक क्षेत्रमा सक्रिय पोखराका श्रीप्रसाद बास्तोलाले आफ्नै घरमा आत्महत्या गरेका छन् । महानगरपालिका ११ फुलवारीका बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेर घरभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् ”१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना र स्कुल सबै चैट, आज आफैँ पनि चैट ।”
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बाँस्तोला बिहीबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको बताए । गएराति साढे तीन बजे फेसबुकमा आत्महत्या गर्नुपर्ने कारण र ”आफूलाई यौन काण्डमा फसाउन श्रीमतीसहित ९ जनाले षड्यन्त्र गरेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको ” उल्लेख गरेका छन् ।

बास्तोलाले ”आफ्नै श्रीमतीले ९ जना व्यक्तिहरूसँगको षडयन्त्रमा झुक्याएर खाली चेकमा हस्ताक्षर गर्न लगाएको, लेनदेनको कागज नच्याती पेश गरेको, नशालु पदार्थ खुवाएर एक महिलाको कोठामा पठाइ फसाउने उद्देश्यले यौन भिडियो बनाउने कार्य गरेर फसाउन खोजिएको ” समेत फेसबुकमा उल्लेख गरेका छन् ।
उनले ”लज्जा देख्नुभन्दा अस्ताउनु बेस ”भन्दै श्रीमतीलाई ‘छलकपटकी श्रीमती’ भएको उल्लेख गरेका छन् । बास्तोलाले ”ऋणहरू प्रायः आफूले तिरेको र केही बाँकी रहेको भए श्रीमतीसँगै माग्न” भनेका छन् । ‘‘किरिया कोहि नबस्न र लाश नजलाउन” समेत उनले अनुरोध गरेका छन् ।

प्रहरीले ”सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसका सन्दर्भमा परिवारले आत्महत्या दुरुत्साहनमा निवेदन दिएमा नाम उल्लेखित सबैलाई पक्राउ गरी अनुसन्धान गर्न सकिने” जनाएको छ । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?