पोखरामा लागु औषधसहित तीन जना पक्राउ

  • ख-
  • ख+

पोखरामा लागु औषधसहित तीन जना पक्राउ परेको छन् । पोखरा–३० गगनगौँडा पावर हाउस चोकमा चेकजाँचका क्रममा लागु औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा –१० रामबजार बस्ने सुरज बिक, अर्घाखाँची पाणिनी गाउँपालिका –३ बस्ने कमल सुनार र रुपन्देही जिल्ला सैनामैना–८ का विक्रम बिक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । हमालका अनुसार शङ्कास्पद अवस्थामा खानतलासी गर्दा प्रहरीले उनीहरूको साथबाट डाईजीपाम –१९ एम्पुल, आइबुनर्फिन – १९ एम्पुल र फेनारगन – २० एम्पुल लागु औषध बरामद गरेको हो । पक्राउ परेका तीन जनामाथि लागु औषध मुद्दामा जिल्ला अदालत कास्कीमा १० दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले बताए । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?