मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

  • ख-
  • ख+

दाङ जिल्ला देउखुरीको महदेवा-सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

रा १ प ६३४५ नम्बरको मोटरसाइकल गएराति पल्टिंदा गढवा गाउँपालिका वडा नं. २ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा पनि दुर्घटना

यसैगरी सर्लाहीको धनकौल गाउँपालिका(१ सेखौनामा पनि गएराति मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका वडा नं. ३ बहुअर्वा बस्ने ४० वर्षीय मुन्ना पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा भेन्स अस्पताल बरहथवामा मृत्यु भएको हो ।

प्रदेश २, ०२, ००१ ब ५४४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे अनियन्त्रित भई पल्टिएको थियो । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?