ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • ख-
  • ख+

सुर्खेत । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका ५ झुल्केडाँडामा बुधबार बिहान २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका( ७ का ३५ वर्षीय चंखलाल बिक, वडानम्बर(५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । त्यस्तै नलगाड नगरपालिका ८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह(चालक रहेको प्रहरीले बताएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले बताए । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?