अस्पतालको ठगि बारे गोविन्दराज जोशी पुत्रको उजुरीः बेथिति र लुटका बिरुद्ध आवाज उठाउन अपिल

  • ख-
  • ख+

सरकारी स्वामित्वमा रहेका अस्पतालहरुले सेवा सुविधा नदिने र निजी अस्पतालहरुले बिरामीलाई ठग्ने गरेको सबैले जाने बुझेकै हो । यसरी नै काठमाण्डौमा रहेको हेम्स अस्पतालले गरेको ठगिका बारे नेपाली कांग्रेस पुर्व सहमहामन्त्री एवं पूर्व मन्त्री गोविन्दराज जोशीका सुपुत्र दिपक राज जोशीले असन्तुष्टि जनाउनुभएको छ । उहाँले यसरी नै चुप्प लागेर बसिरहने हो भने सधै लुटिरहन्छन् अब त जाग्नुपर्छ भन्नुभएको छ साथै उहाँले एक सरोकारवाला नागरिकको हैसियतले यस बारे मैले स्वास्थ्य मन्त्रालयमा उजुरी दिएको छु पनि भन्नुभएको छ । उहाँको भनाई उहाँकै शब्दमाः
”काठमाण्डौको धुम्बाराहीमा अवस्थित हेम्स अस्पतालले संक्रमण रोकथाम शुल्क भनेर ५० रुपियाँ प्रत्येक बिरामीसँग उठाउने गरेको छ। अस्पतालमा फोन गरेर सोध्दा त्यहाँका कर्मचारीलाई कोभिड सर्नबाट रोकथाम गर्ने उद्देश्यले कर्मचारीले प्रयोग गर्ने पन्जा लगायत अन्य उपकरण प्रयोग गरे बापत लिने गरिएको संक्रमण रोकथाम शुल्क हो भनियो। हामीहरुलाई माथिबाट त्यो रकम लिनु भन्ने आदेश आएको छ भन्न पनि उनीहरु पछि परेनन्। सोच्नुस् त कतिसम्म हास्यास्पद छ उनीहरुको जवाफ !
बिना प्रश्न सबैले संक्रमण रोकथाम शुल्क भनेर ५० रुपैँया तिरी नै रहेका छन।
एउटा डाकुलाँई बन्दुक दिनुहोस् उसले बैंक लुट्छ, एउटा खराब डाक्टरलाई अस्पताल दिनुहोस् उसले बिरामी लुट्छ, तर एउटा नेतालार्इ सत्ता दिनुहोस् उसले देश नै लुट्छ।
यसैलाई भनिन्छ मेडिकल माफिया। हुन त हाम्रो देशका थुप्रै क्षेत्रमा अरु माफिया नभएका होइनन् र पनि मानव स्वास्थ्यसँग सम्बन्धित अस्पताल जस्तो संवेदनशील ठाउँमा यस्तो हुनु पटक्कै समान्य होइन। यो हदैसम्मको लुट हो। समस्या लुट्नेको मात्रै पनि होइन। लुटाउनेको पनि हो। हाम्रो आफ्नो सानो भन्दा सानो हक अधिकारका लागि आजैबाट लडौँ। नत्र एक दिन हामीआफैँ नै बेचिने दिन नआउला भन्न सकिन्न।
लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट भन्ने गीत सुनेर जिवन बिताउने हो कि परिबर्तनका निम्ति लड्ने हो ? तपाइँ हामीले सोच्ने बेला आएको छ। हामी चुप लागेर बस्यौँ भने विभिन्न बहानामा हामीलाई लुटी नै रहनेछन्। देशको नागरिकको हातमा कति शक्ति हुन्छ देखाउने बेला आएको छ। यो नै एउटा सामाजिक क्रान्ति हो। आउनुहोस् बेथिति र लुटका बिरुद्ध आवाज उठाऔआजै, अहिले नै। साना कार्यहरूले ठूलो परिवर्तन ल्याउँन सक्छ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्