
नेपाली कांग्रेसको अधिवेशनका लागि चार विद्यालय तीन दिन बिदा गर्न बैतडीको दशरथचन्द नगरपालिकाले विद्यालयहरुलाई पत्र पठाएको छ।
बुधबार मेयर नरेन्द्र सिंह थापाले वीरेन्द्र मावि, दशरथचन्द्र मावि, जगदम्बा मावि र दशरथचन्द्र आधारभूत विद्यालयलाई पत्राचार गर्दै मंसिर ५ देखि ७ गतेसम्म बिदा दिन आग्रह गरेका छन्।
विद्यालयलाई पत्र पठाएर मेयरले त्यो जानकारी कांग्रेस जिल्ला कार्यसमिति बैतडीलाई पनि बोदार्थ दिएका छन्।
कांग्रेसको १४ औं अधिवेशन सम्पन्न गर्न विद्यालय भवन र फर्निचरलगायत आवश्यक भएकोले सहयोगका लागि लेखेर आएको हुँदा मंसिर ५ देखि ७ सम्म विद्यालयमा स्थानीय बिदा दिन मेयरले आग्रह गर्दै पत्र पठाएका हुन्।
यसबारे बुझ्न खोज्दा मेयर थापाको फोन अफ छ।
उपमेयर मिना चन्द र प्रशासकीय अधिकृत गणेश सिंह ऐरी पनि सम्पर्कमा आएनन्। (सेतोपाटी)