पोखरा ।अनेरास्ववियु गण्डकी प्रदेशको पदाधिकारी बैठकले एमालेको महाधिवेशन लक्षित विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ । बैठकले महाधिवेशन को पुर्ब सन्ध्यामा मङ्सिर ७ गते पोखरामा ३५ सय मिटर दौड आयोजना गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुलाई समाजसेवामा अग्रसर बनाउन र पार्टी महाधिवेशनलाई भब्यरुपमा सम्पन्न गर्न आह्वान गर्दै मङ्सिर ८ गते बिहान प्रदेश का ११ वटा जिल्ला अस्पतालमा सरसफाइ गर्ने निर्णय पनि गरेको छ । त्यसैगरि बैठकले महाधिवेशनस्थल भव्य बनाउनको लागि अनेरास्ववियु गण्डकी प्रदेशद्वारा नवलपुर जिल्लाको गैंडाकोटमा स्वागतद्वार बनाउने निर्णय गरेको छ जस्को जिम्मा अनेरास्ववियु नवलपुर जिल्ला कमिटीलाई दिएको छ साथै बैठकले पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा गण्डकी प्रदेशबाट पार्टी जिल्ला कमिटीहरुसग समन्वय गरि कम्तिमा ५ हजार विद्यार्थी सहभागी गराउने निर्णय गरेको अनेरास्ववियु गण्डकी प्रदेशका सचिव आर के पोखरेलले बताउनुभएको छ ।








