अनेरास्ववियु तनहूँद्धारा दमौली अस्पताल वरपर सरसफाई

  • ख-
  • ख+

तनहूँ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सन्दर्भमा अनेरास्ववियु तनहूँद्धारा दमौली अस्पताल वरपर सरसफाई गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी तनहूँले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल व्यास नगरका संयोजक कृष्णकुमार श्रेष्ठ, सहसंयोजक अजित पन्थ, राम श्रेष्ठ, नेकपा एमालेका युवा नेताहरु भुपेन्द्र कोईराला, मदन तिमल्सेना, अनेरास्ववियु तथा युवा संघका नेताहरुको उपस्थिति रहेको थियो ।
नेपली जनताको मुहार फेर्न कटिवद्ध पार्टीको महाधिवेशन नजिक आईरहेको र फोहोर मैलाले मानव जिवनलाई अपुरणिय क्षति पुर्याउने भएकोले पनि अस्पताल जस्तो संवेदनशिल क्षेत्र वरपर सरसफाई असिभयान संचान गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी तनहूँका संयोजक नविन वाग्लेले बताउनुभएका्े थियो । उक्त समुहले हैरान्स् क्लब दमौलीका युवाहरुसग हातेमालो गरि उक्त अवसरमा अनसन चौतारीमा रहेको बास्केटबल कोर्टको पनि सरसफाई गरेको थियो । समुहले दमौली जिल्ला अस्पताल र अस्पताल वरिपरि सरसफाइ गर्दै फोहोर मैला यसरी नफ्याँक्न सर्वसाधारणलाई आग्रह पनि गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?