मोटरसाइकललाई बसले ठक्कर दिँदा माओवादी केन्द्रिय सदस्यको मृत्यु

  • ख-
  • ख+

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा परी ज्यान गएको छ । मोटरसाइकलमा सवार बन्जाडेले गएराति बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा गरेको ना ७ ख ९०६ नम्बरको बसले उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाईकल चालक पाल्पा रामपुरका जीतबहादुर थापा गम्भीर घाइते भएका छन् ।

घाइते भएका बन्जाडेको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो । बन्जाडे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?