अनेरास्ववियु गण्डकी प्रदेश कमिटीद्वारा स्वास्थ मन्त्रीको ध्यानाकर्षण

  • ख-
  • ख+

पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीद्वारा सरकारी अस्पतालका मेसिनरी औजारहरुलाई बन्धक बनाई संचालन नगर्ने सरकारको नियत प्रती खेद व्यक्त गरेको छ । अनेरास्ववियुले नागरिकहरुलाई शोषण गर्ने अभिप्रायका विरुद्ध आवाज उठाउन सबै नागरिक समुदायलाई अपिल पनि गरेको छ । अनेरास्ववियुले प्रदेशको एक मात्र सिसुवामा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी लाई भर्ती केन्द्रको रुपमा राख्न लागेको भन्दै आपत्ती जनाएको छ । अनेरास्ववियुले उक्त अस्पताललाई कार्यबिहिन बनाउन लागेको तथा कर्मचारी बिहिन हुन लागेको अवस्थालाई सचेत गराएको अनेरास्ववियु गण्डकीका सचिब आर. के. पोख्रेलले जानकारी दिनुभयो ।
निवर्तमान् मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुगंको पालामा बनेको भनेर अस्पताललाई हेलत्व गर्दै भर्ति केन्द्र बनाउन लागेको र अस्पताललाई कामै नलाग्ने बनाउन दिशामा वर्तमान गण्डकी प्रदेश सरकार अग्रसर भएकोले ति समस्याहरु सुधार गर्नुपर्ने भन्दै अनेरास्ववियुले निरन्तर खबरदारी गर्ने प्रदेश संयोजक प्रकाश पौडेलले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?