मनपरी शुल्क असुलीको विरोधमा अनेरास्ववियुको मणिपाल कलेज अगाडि प्रदर्शन

  • ख-
  • ख+

पोखरा । पोखराको मणिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएपछि आन्दोलन गरिरहेको नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले आज कलेजअगाडि प्रदर्शन गरेको छ ।

मंसिर २० गतेबाट कलेजमा तालाबन्दीसमेत गरेको अखिलले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्किएर क्याम्पस प्रशासनलाई दबाब दिन आह्वान समेत गरेको छ ।

शुल्कबारे बाहिर नबोल्न विद्यार्थीलाई कलेजले धम्की दिइरहेकोप्रति अनेरास्ववियु प्रदेश संयोजक प्रकाश पौडेलले आपत्ति जनाउनुभएको छ । नेकपा एमाले पोखरा महानगर १६ का अध्यक्ष राजेश गुरुङले ऐक्यबद्धता जनाउँदै आफ्नो वडामा रहेको मणिपालले विद्यार्थीलाई ज्यादती गरेकोले त्यसको विरुद्धमा सम्पुर्ण समुदाय रहेको बताउनुभएको छ । एनएमएसए का गण्डकी संयोजक प्रेम जोशी सह संयोजक तथा अनेरास्ववियु केन्द्रीय सदस्य अनित सिन्हाले आफूहरुले गण्डकी मेडिकल कलेजमा लामो समय गरेको आन्दोलनले नै त्यहाँको समस्या समाधान भएकोले विद्यार्थीलाई चुप लागेर नबस्न आग्रह गर्नुभयो ।

अखिलका प्रदेश सचिव आर. के. पोख्रेलले थप आन्दोलनको कार्यक्रम ल्याउने बताउनुभएको छ । अनेरास्ववियुले संयुक्त विद्यार्थी संगठनको तर्फबाट मणिपालमा भएको मनोमानीबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ ।

विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन संघर्ष गरिएको संयोजक पौडेलले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?