मानव अधिकार नागरीकको मौलिक हकः अध्यक्ष गणेश तिमिल्सिना

  • ख-
  • ख+

पोखरा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मानव अधिकार नागरीकको मौलिक हक भएको बताउनु भएको छ । ७३औ विश्व मानवअधिकार दिवसको अवसरमा नेपाल अफ्रो एसियाली जनएकता संगठन तथा नेपाल उद्योग बाणिज्य महासङ गण्डकी प्रदेशको सम्युक्त आयोजनामा पोखरामा आयोजित उद्योग ब्यबसाय, सरकार र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
जन आन्दोलनबाट संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको सविंधानले मानव अधिकारका आधारभुत कुराहरुको ग्यारेन्टी गरेको बताउनुुभयो । हजारौको बलिदानबाट लेखिएको सविंधान लेखेर मात्र न पुग्ने भन्दै उहाँले प्रत्येक नागरिकले अनुभुत गर्ने गरी त्यो अधिकार पाउनका लागि व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
ूब्यवहारमा उर्तानका लागि मौलिक हकको रुपमा मानव अधिकारलाई हामीले स्थापित गरेका छौ । त्यहाँ के के हुने छ भन्ने कुराहरु पनि जन्मसिद्ध अधिकारको रुपमा नेपाली नागरीकका यी अधिकार हुन्छन पनि भनेका छौ उहाँले भन्नुभयो तर त्यो सबै गर्नकोलागि राज्यको इच्छा शक्ती, नेताहरुको इच्छा शक्ती, उद्योग मालिक र मजदुरहरु लगायत समाजका हरेक नागरीकको इच्छा शक्ती अर्थात तालमेल मिल्नु पर्छ ।
प्रत्येक नागरिकले आफ्नो कर्तब्य पालना गरिदिए अधिकार स्वतह रुपमा नै स्थापित हुदै जाने र सबैले व्यवहारमा अनुभुत गर्न सकिने उहाँको भनाई छ । तर अधिकारका कुरा धेरै गर्ने कर्तव्य पालना नगर्ने कुरामा चुकेकै कारण मानव अधिकार हनन हुने गरेको उहाँले बताउनुभयो ।
मानव अधिकार शक्ति र पावरको आधारमा व्याख्या गरिनु गलत भएको उहाँको भनाई छ । मानव अधिकारका नाममा समग्र विभेदहरुको अन्त्य र बिधिको शासन कमजोर, निमुखा सबै नागरिकले महसुस गर्न पाउनु पर्ने भन्दै उहाँँले मानव अधिकारको सबल पक्ष समतामूलक समाज निर्माण हुने उहाँले जिकिर गर्नुभयो ।
बरिष्ठ अधिबक्ता तिलक पराजुलीले राजनीतिक अस्थिरता र द्धन्दका कारण मानव अधिकार हननका घटनाहरु बढेको बताउनुभयो । उहाँले नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूर्णरूपमा कार्यान्वयन न भएको उहाँको भनाई छ ।
कार्यक्रममा सहभागी बक्ताहरु प्रोफेसर डा. सधिर गौतम, कन्या क्याम्पसका प्रधानाध्यापक सजना प्रधानाङग, इन्सेक गण्डकीका अध्यक्ष शिब खकुरेल, उद्योग बाणिज्य संघ गण्डकीका अध्यक्ष सजिंब बहादुर कोइराला, अफ्रो नेपालका महासचिव गोपाल प्रसाद पोखरेल लगायतले समाजमा अहिले पनि हुने खाने र हुँदा खाने बीचको विभेद, हत्या, हिंसा, बलात्कार, बलात्कारपछि हत्या, जातीय छुवाछुत, छाउपडीजस्ता कुप्रथा अहिले पनि न्यूनीकरण हुनसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । सशस्त्र द्वन्द्वका पीडितले अहिलेसम्म न्याय नपपाएको भन्दै लोकतन्त्र बलियो बनाउन पहिलो मानवअधिकारको रक्षा गर्नुपर्नेमा सहभागीहरुले जोड दिए ।
अफ्रो नेपालका अध्यक्ष कृपासुर शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?