बैकुण्ठनाथ मिश्र बीउ व्यवसायी संघ तनहूँका अध्यक्ष चयन

  • ख-
  • ख+

तनहूँ । नेपाल बीउ व्यवसायी संघ तनहूँको अध्यक्षमा बैकुण्ठनाथ मिश्र सर्वसम्वत चयन हुनुभएको छ । समितिको अधिवेशनले व्यवसायी मिश्रलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कुलबहादुर लम्साल, सचिव सुरेशचन्द्र घिमिरे, कोषाध्यक्ष कृष्णचन्द्र कोइराला, सदस्यहरुमा टिकाराम मग्राती, मुक्तिनाथ पौडेल, सुरेन्द्र श्रेष्ठ पुर्ण बहादुर मगर, सीता न्यौपाने, प्रताप भट्टराई, महेन्द्र मिश्रचयन हुनुभएको छ ।

कृषि सामग्री कंम्पनी लिमिटेड दमौलीका शाखा प्रवन्धक दिनेश शर्माले उद्घाटन गरेको कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी , नेपाल बीउ व्यवसायी संघका केन्द्रिय सदस्य गुञ्जमान कोइराला, सोमनाथ बराल, पशुपन्छी औषधी व्यवसायी संघका केन्द्रीय सदस्य शंकर पोख्रेल, व्यवसायी संघ तनहूँकी पूर्व कोषाध्यक्ष बसन्ता श्रेष्ठ लगायतका महानुभावहरुको उपस्थिति िरहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्