भानु नगर कमिटी आयोजनामा नेकपा (एकिकृत समाजवादी) को अन्तर्क्रिया सम्पन्न

  • ख-
  • ख+

तनहूँ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) भानु नगर कमिटीको आयोजनामा सुशासन, आर्थिक अनुशासन र पारदर्शिता साथै शैक्षिक क्षेत्रका समस्या, समाधान र शैक्षिक गुणस्तर वृद्धी विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा भानु नगरपालिकासित सम्बन्धित आर्थिक अनियमितताका विषयमा बुलन्द आवाज उठाउनु पर्ने विषयमा सहभागीहरुको जोड रह्यो । शैक्षिक गुणस्तर बृद्धीका लागि शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने विषयमा पनि सहभागीहरुको सुझाव रहेको थियो । सो कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य बिन्दुकुमार श्रेष्ठ, नेपाल शिक्षक संघ भानु अध्यक्ष उपेन्द्र बिष्ट, शिक्षाविद् पदम कार्की, नबिनराज दाहाल, हो. रा. लो. शा. शि. सदन मा. वि. का प्रधानाध्यापक गोविन्दप्रसाद भट्टराई, शिक्षक दिवाकर घिमिरे, भानु संस्कृत मा. वि. का शिक्षक दयाराम पौडेल, नेकपा (समाजवादी) का भानु नगर कमिटी उपाध्यक्ष तोरण अधिकारी लगायतले आफ्ना विचार राख्नु भएको थियो । सो कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) केन्द्रीय लेखा आयोग उपाध्यक्ष विद्या ढकाल र एकिकृत अखिल नेपाल शिक्षक संगठन भानु अध्यक्ष ईश्वरी ढकालले सम्वन्धित विषयमा अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नेकपा (एकिकृत समाजवादी) भानु नगर कमिटी अध्यक्ष ऋषिराम पन्त र संचालन सचिब गोबिन्द अधिकारीले गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्