नेकपा माओवादी केन्द्र तनहूँद्वारा गण्डकी प्रदेशका पदाधिकारीहरुलाई स्वागत कार्यक्रमको आयोजना

  • ख-
  • ख+

तनहूँ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति तनहूँले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष र सदस्यहरुलाई अभिनन्दन तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङ र जिल्लाका २१ जना निर्वाचित सदस्यहरुलाई टीका तथा खादा लगाएर भव्य रुपमा अभिनन्दन गरियो ।
पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य आशा कोइराला,जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने लगायतका व्यक्तिहरुले निर्वाचित पदाधिकारीहरुलाई अभिनन्दन तथा स्वागत गर्नुभएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि चुमानले विचार र नितिको हिसाबले ऐतिहासिक अधिवेशन बनाउनु जरुरी रहेको , नया कार्यदिशा , नया रणनीति बनाएर समाजवादी क्रान्ति पूरा गर्न जरुरी रहेको बताउनुभएको थियो साथै उहाँले संविधानसभा , संघियता , गणतन्त्र को नेततृत्वकर्ता माओवादी रहेकोले उसलाई जोगाउन पनि माओवादी नै लाग्नुपर्ने बताउनुभएको थियो । पार्टीकी केन्द्रीय सदस्य एवं प्रदेश सभासदस्य आशा कोइरालाले पार्टी र कार्यकर्तालाई जुझारु र जनमुखी बनाउन जरुरी रहेका बता गउनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशकी अध्यक्ष एवं प्रदेश सभा दलका प्रमुख सचेतक गायत्री गुरुङले पार्टीमा गुटगत बिचार हावी भएको बताउदै नीतिले प्राथमिकता पाउनुपर्ने बताउनुभएको तियो ।
उत्तः कार्यक्रम नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशमा तनहूँबाट प्रिितनिधित्व गर्नेहरुको नामावलीः
हेमराज लामिछाने, अतिन्द्रकेशरी न्यौपाने, ओमराज आले, पुर्णसिं थापा, गीता शाही, सर्बदा खनाल, सूर्यबहादुर गौली, सृजना सिग्देल, विद्या लामिछाने, शुक्र चुमान, दीपक पन्त, देविका बुर्जामगर, करुणा गुरुङ, खुम बहादुर बि.क., दिनेश गौतम, विकास श्रेष्ठ, रामबहादुर थापा, डिल बहादुर नेपाली, भीमबहादुर राना, जौ कुमारी बराल सुनार र मुक्ति सिग्देल ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्