वन नियमावली २०७८ को मस्यौदा , प्रदेश वन ऐन र सुरक्षित वन क्षेत्र विस्तारको विरुद्धमा वन कार्यालयमा ज्ञापन पत्र हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । नेपाल सरकारबाट समुदायको अधिकार पार्ने गरि तयार पारिएकोे वन नियमावली २०७८ को मस्यौदा , प्रदेश वन ऐन र सुरक्षित वन क्षेत्र विस्तारको विरुद्धमा आज देशभर डिभिजन वन कार्यालयहरु ज्ञापन पत्र हस्तान्तरण गरियो । सामूदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ तनहूँले पनि डिभिजन वन कार्यालय तनहूँका प्रमुख कोमलराज काफ्लेलाई ज्ञापन पत्र बुझाउदै उपभोक्ता तथा सामूदायिक वनलाई मर्कामा पानेृ गरि तयार गरिएको उक्त मस्यौदा सच्याउनको लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।

सामूदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ तनहूँका अध्यक्ष कृष्णप्राद न्यौपानेको संयोजकत्व र सामूदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष तथा जिल्ला महासंघका पदाधिकारीहरुको उपस्थितिमा उक्त ज्ञापन पत्र बुझ्दै डिभिजन वन कार्यालय तनहूँका प्रमुख कोमलराज काफ्लेले नेपाल सरकारबाट सामुदायिक वनमा लगाईदै आएको करको दायरा बढाउन मस्यौदा तयार पार्दै गरेकोले यस्तो अवस्था आएको र आफुले सामुदायिक वन उपभोक्ता तथा समितिको ज्ञापनपत्र सम्बन्धित स्थानसम्म पुर्याईदिने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्