काठमाण्डौ । पर्यटक बस व्यवसायीहरुको छाता सङ्गठन टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) को अध्यक्षमा ढकनाथ काफ्ले , दिपक भट्टराई र कृष्ण आचार्यबिच कडा प्रतिष्पर्धा हुन गइरहेको छ । आगामी पुस २३ गते शुक्रबार हुन गईररहेको ११ औँ वार्षिक साधारणसभा एवम् छैटौँ अधिवेशनमा होलिडे एड्भेन्चरका ढकनाथ काफुले , व्यास ट्राभल्स् का दिपक भट्टराई, यति एड्भेन्चर टुर्स एण्ड ट्राभल्स् का कृष्ण आचार्यले आफुलाई अध्यक्ष पदको उमेदवारको रुपमा उभ्याउनुभएको छ ।
कोरोनाले थिलो थिलो पारेको व्यवसायलाई उकास्नु पर्ने, पर्यटक बसलाई बसपार्कको समस्या नभएको कुरालाई जोडदार रुपमा उठाउनुपर्ने, कोरोनाको महामारीको समयमा पनि सरकारी तवरबाट पर्यटक बस व्यवसायीलाई राहत पुग्ने गरिसम्बोधन नगरेको बिषयमा आवाज उठाउनुपर्ने तिनै जना अध्यक्ष पदका आकांक्षीको भनाई रहेको छ ।
दुई वर्षमा हुने अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छएशोसियशनका अध्यक्ष ईश्वर शर्माले बताउनुभएको छ साथै एक दशक पहिले स्थापना भएको टुरिष्ट बस एशोसियशनअन्तर्गत हाल १०० भन्दा बढी पर्यटक बस व्यवसायीहरु आवद्ध रहेको पनि उहाँको भनाई रहेकोछ ।

।








