गण्डकी प्रदेशका विद्यार्थी नेता आर के पोख्रेलको नेकपा तनहूँको जिल्ला सदस्यमा दावि

  • ख-
  • ख+

तनहूँ । नेपाल एमाले तनहूँको जिल्ला सदस्यमा विद्यार्थी नेता आर के पोख्रेलले दावी गर्नुभएको छ अनेरास्ववियु गण्डकी प्रदेशको सचिवालय सदस्य रहनुभएका पोख्रेलले पार्टी राजनितिबाट देश र जनताको सेवाको लागि खट्ने भन्दै जिल्ला सदस्यमा दावि गरेको बताउनुभएको छ ।
तनहूँको विकट भेगमा स्कुलमा अनेरास्ववियु मार्फत काम गर्न होस् वा अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर काम गर्दा होस् वा अनेरास्ववियुको गण्डकी प्रदेशको काम गर्दा होस् हुँदा विद्यार्थी तथा जनजिविकाका सवालमा लडाई गरेको हुनाले पनि आफुलाई जिल्ला सदस्यको रुपमा सबैले चुन्ने उहाँले बताउनुभएको छ ।
पार्टीको कामको लागि हिजो पनि लागेको र युवा जोश, खारिएको दृष्टिकोण र अग्रजहरुको सल्लाह बमोजिम पार्टीलाई जिल्लामा अगाडि बढाउने भएकोले आफ्नो जिल्ला सदस्य बन्ने लालशा रहेको पनि पोख्रेलको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्