मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ख-
  • ख+

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ का ३६ वर्षीय मेघलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–६ गुलरामा रा १ क ११३० नम्बरको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
प्रहरीका अनुसार सुरुमा मोटरसाइकलले पैदलयात्री ६२ वर्षीय भवान सिंह भाटलाई ठक्कर दिएको थियो त्यसपछि अनियन्त्रित भएर विपरीत दिशाबाट आइरहेको क्रेनसँग ठोक्किएको थियो ।

दुर्घटनामा परेर पैदलयात्री भाट घाइते छन् । उनको लालरत्न अस्पताल लम्कीमै उपचार भइरहेको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?