तनहूँ । नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश चन्द्र भट्टराई सदस्य पदको आकांक्षी बन्नुभएको छ । यहि पौष २३ र २४ गते हुन गईरहेको जिल्ला अधिवेशनमा भट्टराईले सदस्य पदमा उमेदवारी दिन लाग्नुभएको हो ।
२०५८ साल पार्टीको सदस्य बन्नुभएका भट्टराईले अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएको हो । अनेरास्ववियुको जिल्ला सचिव हुदै प्रेस चौतारी तनहूँको अध्यक्ष, नेपाल पत्रकार महासंघ तनहूँको अध्यक्ष समेत भईसक्नुभएका भट्टराई नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको कट्टर सर्मथक मानिनुहुन्छ ।
”देशको मुहार फेर्न कम्युनिष्ट बनेको” बताउने भट्टराई ”नेपालको गुमेका भुभाग समेटेर नयाँ नक्शा प्रकाशन गरेको, चिनसग पारवहन सन्धि गरेको र देशको स्वभिमानलाई उच्च बनाउदै नेपाल र नेपालीको नाम विश्वमाझ अझ परिचित बनाएको कारण केपी ओली देशको आवश्यकता महसुस गरि उहाँलाई सपोर्ट गर्न आफु जिल्ला सदस्यको आकांक्षी भएको” बताउनुहुन्छ ।








