भुषाल, श्रेष्ठ र घर्तिको पनि जिल्ला सदस्यमा दावीः नेकपा तनहूँको जिल्ला कमिटिमा युवाहरुको बाहुल्यता हुने संकेत

  • ख-
  • ख+

तनहू । नेकपा एमाले तनहूँको अधिबेशन नजिकै आउदै गर्दा जिल्ला सदस्यहरुमा धेरै जसो उमेदवारी दिने तयारी गर्नुभएको छ । लामो समयसम्म पार्टीको लागि काम गर्नुभएका ऋषिराम भुषाल, ताराराम श्रेष्ठ, व्यास नगरपालिकामा नेकपा एमालेको प्रतिनिधित्व गर्ने थोरै जनप्रतिनिधि मध्येकी एक बसुन्धरा घर्तिले पनि सदस्य पदमा उमेदवारी दिन लाग्नुभएको छ । यस अघि नै अनेरास्ववियु गण्डकी प्रदेशका सचिवालय सदस्य आर के पाख्रेल र हाँस्य कलाकार सुरज भिरखोईरे पनि नेकपा तनहूँको जिल्ला सदस्यको उमेदवार बन्ने बताईरहदा भुषाल, श्रेष्ठ र घर्तिको उमेदवारी घोषणाले नेकपा एमाले तनहूँको जिल्ला कमिटिमा युवाहरुको बाहुल्यता हुने सम्भावना बढेको छ ।
पौष २३ र २४ गते हुन गईरहेको जिल्ला अधिवेशनमाको नेकपा एमालेको स्थायी कमिटका सदस्य एवं पूर्वमन्त्री किरण गुरुगंले उद्घाटन गर्नुहुने आयोजक कमिटिले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्